काठमाडौं । छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण २ हजार ८ सय ५७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ४ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल ९० हजार ३ सय ४३ पुगेको छ । भारतमा बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ४ जनाको ज्यान गइसकेको छ । भने ३३ हजार ६ सय ५७ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
साथै, स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार ५ सय ६३ जना मानिसको ज्यान गएको र २ लाख ७६ हजार ५ सय ५ जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र २ हजार १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको र १ सय ४ जनाको मृत्यु भएको छ । हालसम्म १ लाख ९२ हजार २ सय ५३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने १ हजार २ सय ८ जनाको अवस्था गम्भीर रहेको छ ।
रसियामा बितेको २४ घण्टामा ९ हजार २ सय जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३ पुगेको छ । हालसम्म २ हजार ५ सय ३७ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ भने २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा मात्र रसियामा कोरोनाको कारण १ सय १९ जनाको ज्यान गइसकेको छ ।
संयुक्त राज्य अमेरिकामा कोरोनाको असर बढी देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ८८ हजार ९ सय ३० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ९ हजार ४ सय ९ जना संक्रमित थपिएसँगै १४ लाख ९३ हजार ६ सय ९४ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण ४ सय २३ जनाको ज्यान गएको छ ।
त्यस्तै हालसम्म ३ लाख २९ हजार ८ सय २३ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै यो समाचार तयार पार्दासम्म १६ हजार ६० जना मानिसको अवस्था गम्भीर रहेको छ ।
यसैगरी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० को कारण ३ लाख १० हजार ६ सय १६ जना मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४६ लाख १ हजार ६ सय ६२ जनामा कोरोना संक्रमण देखिएको र संक्रमित मध्ये ४४ हजार ८ सय ३१ ज्नाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने १७ लाख ९० हजार ५ सय ६ जान मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया