काठमाडौं । कोरोना भाइरसको महामारीबाट यति बेला सारा विश्व ग्रस्त बनेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ८ हजार ६४५ जनाको मृत्यु भईसकेको छ भने ४६ लाख २८ हजार ५४९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १७ लाख ५८ हजार ३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
कोरोना भाइरसको महामारीबाट ग्रस्त बनेको देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ८८ हजार ५०७ जनाको मृत्यु भईसकेको छ भने १४ लाख ८४ हजार २८५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख २६ हजार २४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार १३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकाको न्युयोर्कमा अहिलेसम्म २७ हजार ५७४ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ५६ हजार १६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा १ लाख ४५ हजार ४९० जनालाई संक्रमण भएको छ भने १० हजार १५० जनाको मृत्यु भएको छ ।
अमेरिकामा शुक्रवार मात्रै २६ हजार ६९२ जना नयाँ संक्रमित थपिएका छन् भने शुक्रवार नै १ हजार ५९५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया