काठमाडौं । भारतको उत्तर प्रदेशस्थित औरेयामा प्रवासी मजदूर बोकेको एक ट्रक र गाडी ठोक्किँदा २४ प्रवासी मजदूरको मृत्यु भएको छ ।
दुर्घटनामा केहि मजदूर घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल व स्याफई पीजीआईमा उपचार भईरहेको छ ।
शनिवार विहान ३ बजे दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । सडकमा रहेको गाडीमा ट्रक आएर ठोक्किएको बताइएको छ ।
कानपुरका पुलिस महानिरिक्षक मोहित अग्रवालले शनिवार विहान एक डिसिएम मेटाडोर दिल्लीबाट मजदूरहरु लिएर अईरहेको थियो ।
ति मध्ये केहि मजदूर औरैया र कानपुर देहात मार्गमा मेटाडोर रोकेर चिया पिइरहेका थिए ।
त्यहि बेला राजस्थानको जयपुरबाट मजदुर लिएर आईरहेको एक ट्रकले मेटाडोरलाई ठक्कर दिएको थियो । त्यसपछि दुबै सवारी सडकको किनारमा पल्टिएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया