महामारीबाट ग्रस्त बन्यो भारत : एकैदिन हजारौँ संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ३ लाख ८ हजार ६४५ जनाको मृत्यु भईसकेको छ भने ४६ लाख २८ हजार ३९३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १७ लाख ५८ हजार ३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ७५३ जनाको मृत्यु भईसकेको छ भने ८५ हजार ७८४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३० हजार २५८ जना स्वास्थ्योपचार पछि निको भईसकेको छन् ।

त्यस्तै भारतमा शुक्रवार मात्रै ३ हजार ७८७ जना नयाँ संक्रमित थपिएका छन् भने शुक्रवार नै १०४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?