कोरोना सकिनेबित्तिकै लोकसेवाको परीक्षा हुने

लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ ।
लोकसेवाको परीक्षा के हुने भन्ने अन्योल भइरहेको बेला आयोगले महामारी साम्य भएलगत्तै स्थगित परीक्षा लिने जनाएको छ ।
लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी हुमेगाइँले आयोगले लिन बाँकी रहेको परीक्षा महामारी शान्त भएपछि लिइने बताइन् , राजधानी दैनिकले यो खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?