तुलसीपुर घर भएका टिचिङ अस्पतालका कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । शुक्रबार साँझ थपिएका दाङ तुलसीपुर ७ कोरोना संक्रमित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)का कर्मचारी रहेको खुलेको छ ।

स्थायी ठेगाना तुलसीपुर ७ भएपनि कार्यस्थल उक्त अस्पताल र बसोबास काठमाडौं नै रहेको खुल्न आएको छ ।

यसअघि बिहीवार भेटिएकी शिक्षण अस्पतालमा परीक्षणका ७ वर्षीया बालिकामा कोरोना संक्रमण भेटिएको थियो। अस्पतालमा बिरामी उपचारको क्रममा उनलाई कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

शिक्षण अस्पतालमा ती बालिकामा कोरोना संक्रमण पाइपछि त्यहाँ कार्यरत चिकित्सक तथा अन्य कर्मचारीहरुको समेत परीक्षण गरिएको थियो ।

दाङ तुलसीपुरमा भेटिएका ती व्यक्ति अस्पतालमा कार्यरत कर्मचारी रहेको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सामाजिक सञ्जालमा बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?