२४ जिल्लामा फैलियो कोरोना संक्रमण, प्रदेश ५ मा मात्रै १०२ पुगे संक्रमित

काठमाडौं । आज (शुक्रवार) विहान बाँकेको नैनापुरमा ८ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै प्रदेश नम्बर ५ मा जम्मा संक्रमितको संख्या १०२ पुगेको छ ।

बाँकेको नैनापुर १, ३ र ५ निवासी वर्ष १८, २०, २२, २५, २५, २७, ३२ र ३६ का ८ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै प्रदेश नम्बर ५ मा कुल संक्रमितको संख्या १०२ पुगेको हो ।

अहिलेसम्म आइपुग्दा ५ नम्बर प्रदेशका बाँके, कपिलवस्तु, रुपन्देही, बर्दिया, पश्चिम नवलपरासीमा कोरोना संक्रमण फैलिएको छ ।

प्रदेश नम्बर ५ का बाँकेमा ३३, कपिलवस्तुमा ३९, बर्दियामा १, पश्चिम नवलपरासीमा १ र रुपन्देहीमा २८ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।

यस अगाडि हिजो (बिहीवार) मात्र विहान र बेलुका पुष्टि भएका संक्रमितको संख्या ६ थियो । विदेशबाट परिक्षणको किट ल्याएसँगै नेपालमा कोरोना परीक्षणको दायरा बढेको छ । परीक्षण बढाइएसँगै संक्रमितको संख्या तीव्र रुपमा बढेको छ ।

खुल्ला सिमानाका कारण रातारात भागेर नेपाल प्रवेश गर्नेहरुबाट कोरोना संक्रमण फैलिरहेको छ । काठमाडौंमा पनि ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्रास बढ्दै गएको छ ।

नेपालका कुन जिल्लामा कति संक्रमण ?

१. पर्सा- ८५
२. रुपन्देही- २८
३. उदयपुर- ३२
४. कपिलवस्तु- ३९
५. बाँके- ३३
६. काठमाडौं- ६
७. धादिङ -३
८. कैलाली -४
९. बारा -३
१०. धनुषा- ४
११. रौतहट- ३
१२. बाग्लुङ- २
१३. चितवन -२
१४. झापा -२
१५. महोत्तरी -२
१६. भक्तपुर -२
१७. बर्दिया- १
१८. भोजपुर- १
१९. कञ्चनपुर- १
२०. नवलपरासी (पश्चिम) -१
२१. सप्तरी -१
२२. सर्लाही -१
२३. पूर्वी नवलपरासी -१
२४. मकवानपुर -१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?