काठमाडौं । रसियामा कोरोना भाइरस (कोभिड १९) को कारण संक्रमित हुनेको संख्या दिनदिनै बढीरहेको छ । त्यहा २ लाख ५२ हजार २ सय ४५ जना संक्रमित देखिएका छन् भने २ हजार ३ सय ५ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । कुल संक्रमितमध्ये ५३ हजार ५ सय ३० जना उपचारपछि निको भएका छन् भने १ लाख ९६ हजार ४ सय १० जना अझै उपचाररत रहेको वोल्डोमिटरको तथ्याङ्कले देखाउछ । उपचाररतमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भिर रहको छ । रसियामा बितको २४ घण्टामामात्र ९ हजार ९ सय ७४जना संक्रमित देखा परेका छन् भने ९३ जनाको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारत पनि कोरोना भाइरस (कोभिड-१९) को बढ्दो संक्रमणको कारण देशभर लकडाउनको अवस्थामा छ । यो समाचार तयार पार्दासम्म मभारतमा १ हजार ९ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ । भने २ हजार ६ सय ४९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको वल्डोमिटरको तथ्याङ्कले देखाउछ । त्यहा १९ लाख ४७ हजार ४१ जनामा कोरोना परिक्षण गरिएको छ । बितेको २४ घण्टामामात्र भारतमा ९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । भने ३ हजार ९ सय ३५ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २७ हजार ९ सय ५६ जना उपचारपछि निको भएका छन् भने अहिलेपनि ५१ हजार ३ सय ८५ जना उपचाररत रहेका छन् ।
त्यस्तै, बेलायतमा पनि कोरोनाको संक्रमण अझै रोकिएको छैन । त्यहा २ लाख ३३ हजार १ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ भने ३३ हजार ६ सय १६ जनाको कारोनाको कारण मृत्यु भएको छ । बितेको २४ घण्टामामात्र बेलायतमा ३ हजार ४ सय ४६ जना नया संक्रमित देखिए भने ४ सय २८ जनाको मृत्यु भएको छ । त्यहा अझै १ लाख ९९ अजार १ सय ७३ जना उपचाररत रहेका छन् जसमा १ हजार ५ सय ५९ जनाको अवस्था गम्भिर रहेको छ । वेलायतमा २२ लाख १९ हजार २ सय ८१ जनामा परिक्षण गर्दा २ लाख ३३ हजार बढी संक्रमित देखिएका हुन् ।
यसैगरी, संयुक्त राज्य अमेरिका कोरोना भाइरस (कोभिड-१९) महामारीसँग जुधिरहेको छ । त्यहा १४ लाख ३८ हजार ४ सय २६ जना कोरोना संक्रमित भएका छन् । वोल्डोमिटरको अनुसार यो समाचार तयार पार्दासम्म कोरोनाको कारण अमेरिकामा ८५ हजार ६ सय ९९ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार ६ सय ९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । साथै १० लाख ४१ हजार ३४ जना अझै उपचाररत रहका छन् ।
बितेको २४ घण्टामामात्र त्यहा ९ हजार ३ सय १ जना संक्रमित थपिएका छन् भने ५ सय २ जनाको मृत्यु भएको छ । अझै संक्रमितमध्ये १६ हजार ३ सय ३७ जनाको अवस्था गम्भिर रहेको वल्डोमिटरको तथ्याङ्कले देखाउछ । अमेरिकाको न्यूयोर्क राज्यमामात्र ३ लाख ५० हजार बढी संक्रमित देखिएका छन् । भने २७ हजार २ सय ९० जनाको मृत्यु भएको छ । यसैगरी न्यूजर्सी राज्यमा १ लाख ४२ हजार ८ सय ६१ जना कोरोना संक्रमित भएका छन् ।
कोरोनाको कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको कारण ३ लाख १ हजार २४ जनाको ज्यान गएको छ । भने हालसम्म ४४ लाख ८९ हजार ४ सय ६० जना कोरोना संक्रमणको शिकार भएका छन् ।
कोरोना संक्रमितमध्ये ४५ हजार ४ सय ८८ जनाको अवस्था गम्भीर रहेको छ । साथै हालसम्म १६ लाख ८८ हजार ८ सय १६ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया