अमेरिकामा कोरोना संक्रमण रोकिएन, बितेको २४ घण्टामा ९ हजार बढी संक्रमित थपिए

काठमाडौं । संयुक्त राज्य अमेरिका कोरोना भाइरस (कोभिड-१९) महामारीसँग जुधिरहेको छ । त्यहा १४ लाख ३८ हजार ४ सय २६ जना कोरोना संक्रमित भएका छन् । वोल्डोमिटरको अनुसार यो समाचार तयार पार्दासम्म कोरोनाको कारण अमेरिकामा ८५ हजार ६ सय ९९ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार ६ सय ९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । साथै १० लाख ४१ हजार ३४ जना अझै उपचाररत रहका छन् ।

बितेको २४ घण्टामामात्र त्यहा ९ हजार ३ सय १ जना संक्रमित थपिएका छन् भने ५ सय २ जनाको मृत्यु भएको छ । अझै संक्रमितमध्ये १६ हजार ३ सय ३७ जनाको अवस्था गम्भिर रहेको वल्डोमिटरको तथ्याङ्कले देखाउछ । अमेरिकाको न्यूयोर्क राज्यमामात्र ३ लाख ५० हजार बढी संक्रमित देखिएका छन् । भने २७ हजार २ सय ९० जनाको मृत्यु भएको छ । यसैगरी न्यूजर्सी राज्यमा १ लाख ४२ हजार ८ सय ६१ जना कोरोना संक्रमित भएका छन् । यस्तो छ अमेरिकाको विभिन्न राज्यमा कोरोना संक्रमणको अवस्था ।

कोरोनाको कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको कारण ३ लाख ६ सय ३९ जनाको ज्यान गएको छ । भने हालसम्म ४४ लाख ८५ हजार ६ सय ९८ जना कोरोना संक्रमणको शिकार भएका छन् ।

कोरोना संक्रमितमध्ये ४५ हजार ४ सय ८८ जनाको अवस्था गम्भीर रहेको छ । साथै हालसम्म १६ लाख ८७ हजार ५ सय ६५ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो पनि पढ्नुहोस् : विश्वभर कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?