कोरोना ‘भ्याक्सीन’का लागि अमेरिका र फ्रान्सबीच युद्ध

काठमाडौं । कोरोना भाइरसले सारा विश्वमा तहसनहस बनाएको छ । सबै शक्तिशाली देशहरु कोरोना भाइरसको अगाडि नतमस्तक बनेका छन् ।

सबै आफ्नो तर्फबाट यस भाइरसको नष्ट गर्न लागिपरेका छन् । विश्वका शक्तिशाली देशहरुले कोरोना भाइरसको कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् ।

यसैबीच कोरोना भाइरसको भ्याक्सीन खोजका लागि अमेरिकी सरकारले वैश्विक गठबन्धनमा भाग नलिने घोषणा गरेको छ । त्यसैले अहिले अमेरिका कोरोना भाइरसविरुद्धको भ्याक्सीनका लागि एकल प्रयासमा खटिरहेको छ ।

फ्रान्सको औषधि कम्पनी सेनोफीले कोभिड १९ टिकाको शोधमा अमेरिकी संस्था यूएस बायोमेडिकल एडभान्स्ड रिसर्च एण्ड डेभलपमेण्ट अथोरिटी (बार्डा) ले निवेश गरेको छ ।

सेनोफीलाई फ्रान्स सरकारको तर्फबाट पनि शोध कार्यमा छुट मिलेको छ । कम्पनीका सीईओ पल हडसनले अमेरिका सरकारसँग सबैभन्दा धेरै प्री अर्डर गर्ने अधिकार भएको, किनभने उसले यस जोखिम भएको काममा निवेश गरेको छ ।

साथै कम्पनीले भ्याक्सीन बनाउनको लागि ब्रिटेनको कम्पनी ग्ल्याक्सोस्मिथक्लाइनसँग सम्झौता गरेको छ । केहि दिन अगाडि मात्र कोरोना भ्याक्सीनको विषयमा अन्तर्राष्ट्रिय अनलाइन सम्मेलन पनि भएको थियो ।

जसको अगुवाई यूरोपीय संघले गरेको थियो । यस सम्मेलनमा ४० देशहरुले भाग लिएका थिए । साथै कोरोनाविरुद्धको औषधिका लागि ८ अर्ब डलर चन्दा दिइएको थियो । तर यस सम्मेलनमा विश्वका दुई शक्तिशाली देश अमेरिका र रुसले दूरी बनाएका थिए ।

Theguardian.com को रिपोर्टका अनुसार ट्रम्प सरकारको अमेरिका फस्र्ट नीतिको रुपमा भ्याक्सीनमा पहिलो हक अमेरिका हुनुजर्ने बताएका थिए । तर युरोपीय संघले सबै देशको टिकामा समान अधिकार हुनुपर्ने बताएको थियो । सायद यहि कुराले अमेरिकी सरकार रुष्ट बनेको बनेको थियो ।

के चाहान्छन् ट्रम्प ?

अमेरिकी सरकार आफ्नो दमले भ्याक्सीन बनाउने कोशिस गरिरहेको छ । तर ।। को रिपोर्टका अनुसार यो सबै देखावटी भएको बताइएको छ ।

रिपोर्टमा ट्रम्प आफ्ना ज्वाई जरेद क्रुशनगर र अन्य मानिसहरुको नेतृत्वमा भ्याक्सीन बनाउने कोशिस गरिरहेका छन् ।

यसलाई अमेरिकी सरकारले ‘अप्रेशन वार्प स्पीड’ नाम दिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?