काठमाडौं । रसियामा कोरोना भाइरस (कोभिड-१९) को कारण संक्रमित हुनेको संख्या दिनदिनै बढीरहेको छ । रसियामा २ लाख ४२ हजार २ सय ७१ जना संक्रमित देखिएका छन् भने २ हजार २ सय १२ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।
कुल संक्रमितमध्ये ४८ हजार ३ जना उपचारपछि निको भएका छन् भने १ लाख ९२ हजार ५६ जना अझै उपचाररत रहेको वोल्डोमिटरको तथ्याङ्कले देखाउछ । उपचाररतमध्ये १ हजार ५ सय ३४ जनाको अवस्था गम्भिर रहको छ । रसियामा बितको २४ घण्टामामात्र १० हजार बढी संक्रमित देखा परेका छन् भने ९६ जनाको मृत्यु भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ४३ लाख ९४ हजार ५८ जना मानिसमा संक्रमण फैलिएको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ लाख ९५ हजार ६ सय ५१ पुगेको छ । भने संक्रमित मध्ये ४६ हजार १ सय २० जनाको अवस्था गम्भीर रहेको र १६ लाख ३६ हजार ८ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया