उत्तर प्रदेशमा २६८ ओटा रेलबाट तीन लाख बढी नागरिक फर्किए

काठमाडौं । भारतमा सवैभन्दा धेरै उत्तर प्रदेशमा तीन लाखभन्दा बढी नागरिक आएका छन् ।देशका विभिन्न ठाउँबाट २६८ ओटा विषेश रेल सेवामार्फत् उनीहरु उत्तर प्रदेश आएको वरिष्ठ एक अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

उनीहरुलाई होम क्वारेन्टाइनमा पठाउनु अघि स्वस्थ्य परिक्षण गरिएको र खाद्य पदार्थको प्याकेट पनि दिने गरिएको अतिरिक्त मुख्यसचिव आश्विन अवस्थीले बताए । कुल तीन लाख २६ हजार ४० जना मानिस आएको पनि उनले जानकारी दिए । उनीहरु मध्ये सवैभन्दा धेरै गोरखपुर आएका छन् । गोरखपुरका ४३ ओटा रेलमा ४४ हजार ५७४ जना आएका छन् ।

उत्तर प्रदेशको लखनउ, जौनपुर, प्रयागराज, बरेलि, प्रतापगढ, गोन्डा, आग्रा, बालिया, रायबरेली, वाराणाशी, कानपुर लगायतका ठाउँमा जाने मानिस पनि विभिन्न ठाउँबाट फर्किएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?