भुटानमा जम्मा ११ जनामा कोरोना संक्रमण, आजै थपिए २ जना

काठमाडौं । दक्षिण एसियाली तथा सार्कको सदस्य राष्ट्र भुटानमा आज २ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।  योसँगै भुटानमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । यसअघि नै भुटानमा ५ जना निको भएका छन् भने ६ जनाको अझै उपचार भइरहेको छ ।

भुटानमा परीक्षणको दायर बढाइएको जानकारी छैन भने सार्क मुलुकको अन्य देशको तुलनामा यहाँ कुनै असर छैन । भुटानले कोरोनाको संक्रमणको फैलनुअघि नै सावधानी अपनाएको कारण संक्रमण फैलिन नपाएको बताइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?