जनकपुरधाम, २९ माघ । प्रदेश नं. २ मा प्रदेशसभाका लागि मर्यादापालकको नयाँ ड्रेसकोर्ड तय भएको छ प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक बस्नुअघि नै सर्वदलीय बैठकबाट दौरा सुरुवाल लगाउन निषेध गर्ने निर्णय गरेपछि मर्यादापालकहरु आफू खुसी ड्रेस लगाएर पुगेका थिए पुरुष मर्यादापालक सर्टपाइन्ट–स्वेटर तथा ज्याकेट लगाएका थिए भने महिला मर्यादापालक कुर्तासुरुवालमा पुगेका थिए । उनीहरुलाई चिनाउन ब्याच दिइएको थियो संसदीय अभ्यासमा मर्यादापालकको एउटै ड्रेस हुँदा राम्रो हुने भन्दै प्रदेश २ मा भएको अभ्यासको आलोचना पनि भएको थियो सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मर्यादापालकको ड्रेस कोर्ड निर्धारण गरेको छ त्यस्तै प्रदेशसभा सदस्य मनिष सुमले भने, ‘गर्मी मौसममा मर्यादापालकले दौरा सुरुवाल लगाउन सकिन्न । पुरुष मर्यादापालकले कफी कलरको सफारी सुट र महिलाले सारी लगाउने निर्णय भएको बताए ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया