१५ वर्ष पुरानो भाडाका लागी निजी वा अन्य प्लेटमा परिवर्तन गर्न नपाइने

काठमाडौं, २९ माघ । सरकारले १५ वर्ष पुराना सार्वजनिक सवारी ‘हेरफेर दर्ता’ रोकेको छ यातायात व्यवस्था विभागले १५ वर्ष पुगेका भाडाका गाडीलाई अन्य प्लेटमा परिवर्तन गर्न नमिल्ने व्यवस्था लागू गरेको हो आगामी चैत्रदेखि २० वर्ष पूरा गरेका सबै सार्वजनिक यातायालाई देशभर गुड्न नदिने तयारी थालेको छ यही कारण पुराना सार्वजनिक सवारीलाई निजी नम्बर प्लेटमा दर्ता गर्ने क्रम बढेको थियो । त्यसलाई रोक्न विभागले १५ वर्षभन्दा पुराना कालो नं. प्लेटका सवारी यातायातलाई रातो वा अन्य प्लेटमा परिर्वतन गर्न विभागले रोकेको हो त्यस्तै, विभागले विद्युतीय र ग्यास टेम्पो तथा माइक्रो बसका हकमा भने यो प्रतिबन्ध लागू नहुने जनाएको छ फागुन मसान्तपछि देशभर २० वर्ष पुराना गाडी गुड्न नपाउने विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए काठमाडौं उपत्यकामा २०७३ फागुन देखि नै पुराना सार्वजनिक सवारी गुड्न निषेध गरिएको थियो । कमजोर कानुनका कारण २० वर्ष पुग्नै लाग्दा सार्वजनिक सवारीलाई व्यवसायीले विभिन्न संस्था, विद्यालय र व्यक्तिका नाममा रातो प्लेटमा रहने गरी नामसारी गराइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?