काठमाडौं । साउदी अरबमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित एक नेपालीको मृत्यु भएको छ । साउदी अरबको जेद्दा स्थित मदिनामा कार्यरत एक नेपालीको उपचारको क्रममा मृत्यु भएको जेद्दास्थित महावाणिज्य दुतावासले जनाएको छ ।
जेद्दा शहर भित्र मात्रै कोरोना भाइरस संक्रमित नेपालीको संख्या ४५ पुगेको जसमध्य १० जना उपचारपछि निको भएको दुतावासले जनाएको छ । यो समाचार तयार पार्दासम्म साउदी अरबमा २४६ जनाको मृत्यु भएको छ भने ३९ हजार ४८ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया