कोरोना अपडेट : के छ पाकिस्तानको पछिल्लो अवस्था ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २ लाख ८० हजार ६०७ जनाको मृत्यु भएको छ भने २१ लाख १७ हजार ३२९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १४ लाख ४६ हजार ७१३ जना स्वास्थ्योपचार पछि निका भएका छन् भने ४७ हजार ६३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच पाकिस्तानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६३९ जनाको मृत्यु भईसकेको छ भने २९ हजार ४६५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ३ जनाको मृत्यु भएको छ भने ७२९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै पाकिस्तानमा कोरोना भाइरसको महामारीका कारण शनिवार २ हजार ३०१ जना संक्रमित थपिएका छन् भने ३७ जनाको शनिवार मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?