कोरोनाको टार्गेट बन्यो रुस : आजमात्रै थपिए ११ हजार नयाँ संक्रमित, कति पुगे मृतक ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २ लाख ८० हजार ६९७ जनाको मृत्यु भएको छ भने ४१ लाख १७ हजार ३२९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १४ लाख ४६ हजार ७१३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४७ हजार ६३९ जनाको स्वास्थ्यअवस्था गम्भीर रहेको छ ।

यसैबीच रुसमा कोरोना भाइरसको महामारीका कारण आज मात्रै ८८ जनाको मृत्यु भईसकेको छ भने ११ हजार १२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ अहिलेसम्म १ हजार ९१५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९ हजार ६८८ जनालाई संक्रमण भएको छ ।

रुसमा संक्रमित भएकाहरुमध्ये ३४ हजार ३०६ जना स्वास्थ्योपचार पछि निको भईसकेका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

रुसमा शनिवार पनि १० हजार ८१७ जना संक्रमित थपिएका छन् भने शनिवार नै १०४ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?