काठमाडौं । शनिवार भारत र चीनको सीमाक्षेत्रमा दुईतर्फका सैनिकबीच झडप भएको छ । सिक्किमतर्फको सीमानामा झडप हुँदा दुवैतर्फका ११ सैनिक घाइते भएका छन् ।
उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा शनिबार यो झडप भएको प्रहरी स्रोतले जनाएको छ ।
दुबै पक्षका सैनीकहरुबीच शुरुमा विवाद भएको थियो र पछि झडपको स्थिती सृजना हुँदा सात चिनियाँ तथा ४ भारतीय सैनिक घाइते भएको सञ्चार माध्ययमले जनाएको छ ।
चीन र भारतको सीमा क्षेत्रमा यस्ता खाले तनावहरु बेला बेला हुने गरेका छन्् । यसअघि पनि सन् २०१७ मा चीन र भारतको सीमाक्षेत्रमा तनाव भएर पछि सुल्झिएको थियो ।
लामो समयको विवादपछि दुवैतर्फका सेनाहरू आफ्नो पोस्टमा फर्किएका थिए । यो विवादमा एक सय ५० सैनिक सामेल भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया