काठमाडौं । कोरोना भाइरसको महामारीबाट यसबेला सारा विश्व त्रस्त बनेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ८० हजार ४४३ जनाको मृत्यु भईसकेको छ भने ४१ लाख १ हजार ७७२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १४ लाख ४१ हजार ७९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४७ हजार ६८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २ हजार १०९ जनाको मृत्यु भईसकेको छ भने ६२ हजार ९३९ जनालाई संक्रमण भएको छ ।
भारतमा आज मात्रै थप ८ जनाको मृत्यु भईसकेको छ भने हाजै १३१ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा १९ हजार ३५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
त्यस्तै भारतमा शनिवार ३ हजार ११३ जना नयाँ संक्रमित थपिएका छन् भने शनिवार नै ११६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया