अमेरिकामा कोरोनाको कहर : एकैदिन १४ सय बढीको मृत्यु, कति छन् जम्मा मृतक र संक्रमित ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २ लाख ८० हजार ४३२ जनाको मृत्यु भईसकेको छ भने ४१ लाख ७८८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १४ लाख ४१ हजार ४७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४७ हजार ६८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीबाट अति प्रभावित देश अमेरिकामा अहिलेसम्म ८० हजार ३७ जनाको मृत्यु भईसकेको छ भने १३ लाख ४७ हजार ३०९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ लाख ३८ हजार ७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ८१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकाको न्युयोर्कमा मात्रै कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २६ हजार ७७१ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४३ हजार ४०९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा अहिलेसम्म् ९ हजार ११८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३८ हजार ५७९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै अमेरिकामा शनिवार २५ हजार ५२४ जना नयाँ संक्रमित थपिएका छन् भने शनिवार नै अमेरिकामा १ हजार ४२२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?