जापानमा बितेको २४ घण्टामा भएन कसैको मृत्यु

काठमाडौं । जापानमा कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

यद्यपि हालसम्म जापानमा कोरोनाबाट ५९० जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै हालसम्म जापानमा १५ हजार ५७५ जनामा संक्रमण देखिएको छ । यस्तै ५ हजार १४६ जना निको भएका छन् ।

त्यस्तै कोरोना संक्रमण दरका हिसावले भारत विश्वको १३ औं स्थानको देशमा परेको छ। भारतमा हालसम्म ६२ हजार ५२१ जनामा

कोरोना संक्रमण देखिएको छ भने आजमात्रै २ हजार ८६२ जना नयाँ बिरामी फेला परेका छन् ।

यस्तै हालसम्म भारतमा २०८९ जनाको मृत्यु हुँदा शनिबार १०४ जनाको मृत्यु भएको छ ।

भारतभन्दा धेरै संक्रमण एशियाका चीन र इरानमा मात्रै देखिएको छ । भारतभन्दा माथि अन्य देशमा अमेरिकासहित युरोपेली मुलुक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?