काठमाडौं । कोरोना भाइरसको महामारीबाट यसबेला सारा विश्व ग्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ७६ हजार २३५ जनाको मृत्यु भएको छ भने ४० लाख १३ हजार ८९६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १३ लाख ८५ हजार ४१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४८ हजार ६९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच पछिल्लो समय कोरोना भाइरसको खतरा बढ्दै गएको मेक्सिकोमो आज मात्रै १९९ जनाको मृत्यु भएको छ भने १ हजार ९०६ जना नयाँ संक्रमित थपिएका छन् ।
यो समाचार तयार पार्दासम्म त्यहाँ ३ हजार १६० जनाको मृत्यु भईसकेको छ भने ३१ हजार ५२२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै मेक्सिकोमा शुक्रवार १ हजार ९८२ जना संक्रमित थपिएका थिए भने २५७ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया