काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ७१ हजार १७० मृत्यु भएको छ भने ३९ लाख ३५ हजार ५६२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १३ लाख ५० हजार ९५७ जना स्वास्थेपचार पछि निको भएका छन् भने ४८ हजार ९१४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच पछिल्लो समय रुस कोरोना भाइरसको टार्गेट बन्दै गएको छ । रुसमा अहिलेसम्म्म महामारीका कारण १ हजार ७२३ जनाको मृत्यु भएको छ भने १ लाख ८७ हजार ८५९ जनालाई संक्रमण भएको छ ।
रुसमा आज मात्रै १० हजार ६९९ जना संक्रमित थपिएका छन् भने आज नै रुसमा ९८ जनाको मृत्यु भएको छ । रुसमा बिहीवार ११ हजार २३१ जना संक्रमित थपिएका थिए भने बिहीवार नै ८८ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया