अब हरेक दिन ह्वाईट हाउसमा ट्रम्पको कोरोना परिक्षण हुने

काठमाडौं । कोरोना भाइरसको संक्रमणसँग लडिरहेको अमेरिकाले अब प्रत्येक दिन ह्वाईट हाउसका कर्मचारीहरुको कोरोना परिक्षण गर्ने निर्णय गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहित पूरा ह्वाईट हाउसका कर्मचारीहरुको हरेक दिन कोरोनाको परिक्षण हुने भएको हो ।

राष्ट्रपति ट्रम्पले बिहीवार आफ्ना सैन्य सहायकमा कोरोना पोजेटिभ पाइएपछि उक्त घोषणा गरेका हुन् ।

उनले आफूसहित, उपराष्ट्रपति तथा ह्वाईट हाउसका सबै कर्मचारीहरुको हरेक दिन कोरोना परिक्षण हुने बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?