काठमाडौं । कोरोना भयावहका कारण बेलायतको अर्थतन्त्रमा अत्याधि गिरावट आउने विश्लेषण हुन थालेको छ । विभिन्न रिपोर्टका अनुसार बेलायतको अर्थतन्त्र २०२० मा १४ प्रतिशत घट्ने अनुमान लगाइएको छ ।
बेलायती केन्द्रीय बैंक अफ इंगल्याण्डले यस वर्षको अर्थतन्त्रबारे गरेको प्रक्षेपणमा यस्तो अवस्था देखाइएको छ । यस्तै बेलायतको बेरोजगारी दर बढेर ८ प्रतिशत पुग्ने पनि बैंकले जनाएको छ । बेलायती केन्द्रीय बैंकको उक्त आर्थिक प्रतिवेदन अनुसार यो गिरावट १८औं शताब्दिको सुरुवातपछिकै सबैभन्दा ठूलो हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया