युएइमा कोरोनाको कारण १४६ जनाको मुत्यु, कस्तो छ अन्य खाडी मुलुकको अवस्था ?

काठमाडौं । हालसम्म युनाइटेड अरब इमिरेट्स युएइमा कोरोनाको कारण हालसम्म १४६ जना मानिसको ज्यान गइसकेको छ, भने १५ हजार १ हजार ९२ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।

त्यस्तै खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म १७ हजार ९ सय ७२ जना मानिसमा कोरोना संक्रमण देखिएको र १२ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र ८ सय ३० जनामा थप कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै अर्को खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ४२ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ ६ हजार २ सय ८९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये २ हजार २ सय १९ जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ ।

त्यस्तै अर्को खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण २०९ जना मानिसको ज्यान गइसकेको छ । भने ३१ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ६१ हजार ३ सय १२ जना मानिसको मृत्यु भइसकेको छ । भने ३७ लाख ७८ हजार १६ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १२ लाख ७५ हजार ३ सय ४२ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?