काठमाडौं । गत वर्षको ३१ डिसेम्बरमा चीनको वुहान शहरमा देखिएको कोरोना भाइरस अहिलेसम्म आईपुग्दा विश्वका २१२ वटा देशमा फैलिसकेको छ ।
विश्वमा यस महामारीका कारण यो समाचार तयार पार्दासम्म २ लाख ५८ हजार ३४० जनाको मृत्यु भएको छ भने ३७ लाख २७ हजार ८६४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १२ लाख ४२ हजार ३९३ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् भने ४९ हजार २४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच पछिल्लो समय मेक्सिको कोरोना भाइरसको टार्गेट बन्दै गएको छ । मेक्सिकोमा अहिलेसम्म २ हजार ५०७ जनाको मृत्यु भएको छ भने २६ हजार २५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै २३६ जनाको मृत्यु भएको छ भने आज नै त्यहाँ १ हजार १२० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
मेक्स्किोमा मंगलवार १ हजार ४३४ जना संक्रमित थपिएका थिए भने मंगलवार नै ११७ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया