काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ५८ हजार ३४० जनाको मृत्यु भएको छ भने ३७ लाख २७ हजार ८६४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १२ लाख ४२ हजार ३९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४९ हजार २४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको महामारीका कारण छिमेकी देश भारतमा अहिलेसम्म १ हजार ६९४ जनाको मृत्यु भएको छ भने ४९ हजार ४०० जनालाई संक्रमण भएको छ ।
त्यस्तै भारतमा आज मात्रै थप १ जनाको मृत्यु भएको छ । भारतमा मंगलवार मात्रै २ हजार ९६३ जना कोरोना संक्रमित थपिएका छन् भने मंगलवार नै भारतमा १२७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया