बेलायतमा यस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर २ लाख ५५ हजार १ सय ७६ जनाको ज्यान गइसकेको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म विश्वभर ३६ लाख ९० हजार ९ सय ४९ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने उनीहरु मध्ये ४९ हजार ६ सय ९ जना मानिसको अवस्था गम्भीर रहेको रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । साथै कोरोना उपचारपछि निको भएर घर फकिनेको संख्या १२ लाख २१ हजार ८२ जना रहेका छन् ।

बेलायतमा कोरोनाको कारण हालसम्म २९ हजार ४ सय २७ जना मानिसको ज्यान गइसकेको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ९४ हजार ९ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ ।  बितेको २४ घण्टामा मात्र ४ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको र ६ सय ९३ जनाको ज्यान गइसकेको छ ।

हालसम्म बेलायतमा संक्रमित मध्ये १ हजार ५ सय ५९ जना मानिसको अवस्था गम्भीर रहेको छ । भने १२ लाख ९१ हजार ५ सय ९१ जनाको कोरोना परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?