युएइमा कोरोनाको कारण हालसम्म १४६ जनाको मृत्यु, कस्तो छ अन्य खाडी मुलुकको अवस्था ?

काठमाडौं । हालसम्म युनाइटेड अरब इमिरेट्स युएइमा कोरोनाको कारण हालसम्म १४६ जना मानिसको ज्यान गइसकेको छ, भने १५ हजार १ हजार ९२ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ । आजै मात्र युएइमा कोरोनाको कारण ९ जनाको ज्यान गएको छ भने ४ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म १७ हजार १ सय ४२ जना मानिसमा कोरोना संक्रमण देखिएको र १२ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र ९ सय ५१ जनामा थप कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै अर्को खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ४० जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ ५ हजार ८ सय ४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये २ हजार ३२ जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ ।

त्यस्तै अर्को खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण २०० जना मानिसको ज्यान गइसकेको छ । भने ३० हजार २ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै साउदी अरबमा आजमात्रै कोरोनाका कारण ९ जनाको ज्यान गएको छ भने १ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । साउदी अरबमा उपचार पछि स्वास्थ्य लाभगरी घर फर्कनेको संख्या ५ हजार ४ सय ३१ रहेको छ भने १४३ जनाको उवस्था गम्भिर रहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ५५ हजार ५ सय ८३ जना मानिसको मृत्यु भइसकेको छ । भने ३६ लाख ९३ हजार ७ सय ४३ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १२ लाख २१ हजार ८२ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?