काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण २०० जना मानिसको ज्यान गइसकेको छ । भने ३० हजार २ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै साउदी अरबमा आजमात्रै कोरोनाका कारण ९ जनाको ज्यान गएको छ भने १ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ ।
साउदी अरबमा उपचार पछि स्वास्थ्य लाभगरी घर फर्कनेको संख्या ५ हजार ४ सय ३१ रहेको छ भने १४३ जनाको उवस्था गम्भिर रहेको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ५५ हजार १ सय ७६ जना मानिसको मृत्यु भइसकेको छ । भने ३६ लाख ९० हजार ६ सय १३ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १२ लाख २१ हजार ८२ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया