भारतमा महामारीबाट एकैदिन १७५ जनाको मृत्यु, संक्रमित अहिलेसम्मकै धेरै

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व तहसनहस भएको छ ।

विश्वमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ लाख ५२ हजार ४०७ जनाको मृत्यु भएको छ भने १२ लाख १७० जना स्वास्थ्योपचार पछि निको भएको छन् ।

त्यस्तै ३६ लाख ४६ हजार २११ जनालाई संक्रमण भएको छ । त्यस्तै विश्वमा ४९ हजार ६३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिले सम्म १ हजार ५६६ जनाको मृत्यु भईसकेको छ भने ४६ हजार ४७३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ सोमवार मात्रै ३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् भने सोमवार नै भारतमा १७५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?