काठमाडौं । कोरोना भाइरसले प्रभावित युरोपेली देश इटालीमा लकडाउन खुकुलो पारिएको छ । इटालीमा लकडाउन खुकुलो बनाइएसँगै उद्योग तथा निर्माण क्षेत्रहरुका काम सुचारु भएका छन् ।
अन्तराष्ट्रिय संञ्चार माध्यमका अनुसार करबि ४० लाख मानिस काममा फर्किएका छन् । लकडाउन खुकुलो गरिएसँगै उद्योग तथा निर्माण क्षेत्रहरूमा काम सुचारु भएको छ । त्यस्तै, अहिले इटालीमा मानिसहरूलाई आफ्नो क्षेत्रमा सीमित रहेर आवतजावत गर्न, पार्कमा डुल्न तथा मास्क लगाएर आफन्तहरूसँग भेटघाट गर्न दिइएको छ ।
इटालीमा मार्च ९ देखि देशव्यापी लकडाउन गरिएको थियो ।
लकडाउन खुकुलो बनाइए पनि इटालीमा मानिसहरुमा कोरोनाको त्रास भने हटेको छैन् । इटालीमा कोरोना संक्रमणका कारण हालसम्म २९ हजार ७९ जनाको ज्यान गइसकेको छ भने २ लाख ११ हजारमा ९ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
आजमात्र इटालीमा कोरोनाका कारण १ सय ९५ जनाले ज्यान गुमाएका छन् भने आजै १ हजार २सय २१ जनामा कोरोना संक्रमण देखिएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया