काठमाडौं । रुसमा मेडिकल कर्मीको अवस्था दयनीय बन्दै गएको छ । पछिल्लो समय कोरोना भाइरसको टार्गेट बन्दै गएको रुसमा एकैदिन १० हजार भन्दा बढी संक्रमित थपिन थालेका छन् ।
यो समाचार तयार पार्दासम्म रुसमा कोरोना भाइरसको महामारीका कारण १ हजार ३५६ जनाको मृत्यु भएको छ भने १ लाख ४५ हजार २६८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ७६ जनाको मृत्यु भएको छ भने १० हजार ५८१ जना नयाँ संक्रमित आजै थपिएका छन् ।
कोरोना भाइरसको महामारी तीव्र गतिले फैलिरहेको रुसमा मेडिकल उपकरण पर्याप्त मात्रामा नभएको समाचार बाहिरिहएको छ ।
जसका कारण डाक्टरहरु रुस सरकारको चर्काे आलोचना गरिरहेका छन् । तर सरकारको आलोचनाको सजाय उनीहरुलाई मृत्यु मिलीरहेको छ ।
गएका केहि दिन यता रुसमा त्यस्ता तीन वटा केस आएका छन् । जहाँ डाक्टरले पीपीई किट नभएको भन्दै सरकारको आलोचना गरेका थिए ।
त्यसको सजयस्वरुप उनीहरु अस्पतालको सिँढी, छत वा कुनै पनि ठाउँबाट लड्दै मृत्यु प्राप्त गरिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अलेक्जेन्डर शुलपाव तिनै डाक्टरहरु मध्येका एक हुन्, जो सरकारको आलोचना गर्दागर्दै अचानक मृत्यु भएको छ ।
उनले केहि दिन पहिला भिडियो बनाएर दाबी गरेका थिए कि, आफूलाई कोरोना पोजेटिभ भए पछि पनि जबर्जस्ती काम गर्न लगाइएको थियो ।
अलेक्जेन्डर पनि अचानक अस्पतालको सिँडीबाट ढले र अहिले उन जीवन र मृत्युबीचको दोसाँझमा रहेका छन् । अलेक्जेन्डरले दुई भिडियो बनाएका थिए । जसमा उनले सरकारको आलोचना गरेका थिए ।
दुई अन्य डाक्टर्सको साथमा पनि भएको थियो यस्तो
रुसका दुई अन्य डाक्टरको साथमा पनि यस्तै प्रकारको घटना भएको छ । उनीहरुले पनि मेडिकल अथोरिटिजको विरोध गरेका थिए ।
त्यसका साथै पीपीई, मास्क र अन्य स्वास्थ्य सामाग्रीमा सरबारले ध्यान नदिएको भन्दै आलोचना गरेका थिए । तर उनीहरुको आलोपछि अस्पतालको सिँढीबाट लडेर उनीहरुको मृत्यु भएको खबर बाहिरिएको थियो ।
४८ वर्षका डाक्टर नतालिया लेबेदेवाको मस्कोको स्टार सिटी अस्पतालको छैटौँ तलाको सिँढीबाट लडेर मृत्यु भएको थियो ।
त्यस्तै ४७ वर्षीया डाक्टर येलेना नेपोमिन्शीशाया क्रास्नोयाक्र्स अस्पतालको ६० फिट उचाइको छतबाट लडेर मृत्यु भएको थियो ।
दुबै डाक्टरले कोरोना संक्रमणको विषयमा रुसले गरेको लावरवाहीको विरुद्धमा आवाज उठाएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया