बाख्रा र फलमा पनि कोरोना संक्रमणको पुष्टि

काठमाडौं । कारोना भाइरस अत्याधिक सुक्ष्म छ तर एकदमै प्रभावी छ । कोरोना भाइरस मानिसको कपालको तुलनामा ९०० गुणा सानो रहेको छ । तर कोरोना भाइरसको संक्रमण सारा विश्वभर नै फैलिएको छ ।

अहिलेसम्म कोरोना भाइरस कफ, खोकी, श्वास प्रश्वासका कारण फैलिरहेको छ । साथै कोरोना भाइरसको संक्रमण यस अगाडि, कुकुर, बिरालो तथा बाघमा पुष्टि भएको खबर हामीले सुनेका थियौँ । तर अब महामारीको शिकार बाख्रो र फलफूल पनि हुन थालेका छन् ।

अफ्रिकी देशमा बाख्रो र एक फलमा पनि कोरोना भाइरसको संक्रमण फेला परेको हो ।

बाख्रो र फलमा कोरोनाको पुष्टि

तान्जेनियामा एक बाख्रो र एक फल PAWPAW  मा कोरोना भाइरसको पुष्टि भएको छ ।

पुष्टि भए लगत्तै राष्ट्रपति जोन मागुफुलीले टेस्ट कीट बिग्रेको हुनसक्ने बताएका छन् । उनले भने, टेस्ट कीट बिग्रिएको छ, त्यसको जाँच हुनुपर्दछ ।

केहि दिन पहिला राष्ट्रपति मागुफुलीले कोरोना भाइरसको केसहरु लुकाएको भन्दै उनको चर्काे आलोचना भएको थियो ।

कोरोना भाइरसको कीटको जाँच गराउन आदेश

राष्ट्रपति जोन मागुफुलीले भने, हाम्रो देशमा विदेशबाट कोरोना भाइरसको टेस्ट कीट आएको छ, त्यसैले त्यो बिग्रेको हुनसक्दछ, त्यसको जाँच गर्न आवश्यक रहेको छ ।

परिक्षणका क्रममा मानिसको बाहेक बाख्रा र PAWPAW फल र भेडाको स्याम्पल लिएर पठाइएकोमा थियो । तर उक्त स्याम्पलमा मानिसको नाम तथा उमेर दिइएको थियो ।

स्याम्पल परिक्षणका लागि तान्जेनियाको लेबोरेटरीमा पठाईएको थियो । त्यहाँ परिक्षणका क्रममा उक्त फल तथा बाख्रोको स्याम्फ कोरोना पोजेटिभ पाइएको हो ।

तान्जेनियामा १६ जनाले ज्यान गुमाईसके

कोरोना भाइरसको महामारीबाट तान्जेनियामा अहिलेसम्म १६ जनाको मृत्यु भईसकेको छ भने ४८० जनालाई संक्रमण भएको छ ।

बाख्रा तथा फलमा कोरोना भाइरसको पुष्टि भएसँगै राष्ट्रपति मागुफुलीले टेस्ट कीट बिग्रिएको कारण तान्जेनियामा कोरोना संक्रमित भएको भनिएकाको संख्या बढेको हुनसक्ने बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?