काठमाडौं । एक तर्फ संसारका वैज्ञानिकहरु कोरोना भाइरसको महामारीविरुद्धको औषधि खोज्न लागिपरिरहेको बेला अर्काे तर्फ तान्जेनिया र कंगोका मानिसहरु हर्बल ड्रिंकलाई कोरोना भाइरसको औषधि मान्दै आएका छन् ।
तान्जेनियाका राष्ट्रपतिले आफ्ना जनतासँग हर्बल ड्रिंकको आयात गर्नका लागि मेडागास्करमा प्लेन पठाउने बचन दिएका छन् ।
राष्ट्रपति जोन मागुफुलीले यस ड्रिंक नै कोरोना भाइरसको औषधि भएको प्रचार गरिरहेका छन् । तान्जेनिया बाहेक अर्काे देश कंगोका राष्ट्रपतिले पनि हर्बल ड्रिंक आयात गर्ने बताएका छन् ।
यो हर्बल ड्रि.क आर्टमीजिन्या नाको वनस्पतिबाट तयार गरिन्छ । मलेरियाको उपचारमा पनि यो वनस्पतिको प्रयोग हुने गर्दछ ।
तर विश्व स्वास्थ्य संगठनले अहिलेसम्म कोरोना भाइरसको कुनै उपचार नमिलेको दाबी गरेको छ । संगठनले आफ्नो इच्छाको उपचार नगर्न सुझाव दिएको छ ।
मेडागास्कारका राष्ट्रपतिका चीफ अफ स्टाफ लोवा हसीनीरीना रानोरोमारोले बीबीसीसँग दिएको एक बयानमा तीन हप्तासम्म २० भन्दा कम मानिसहरुमा गरिएको परिक्षण पछि हर्बल ड्रिंक कोभिड अग्र्यानिक्सकोरुपमा लञ्च गरिएको हो ।
अफ्रिकी देशमा धेरै माग
मार्चमा अमेरिकी संस्था नेशनल सेन्टर फर कम्प्लिमेन्ट एण्ड इन्टीग्रेटिभ हेल्थले पनि कोरोना भाइरसको कथित उपचारका रुपमा हर्बल थेरापी तथा चियाको प्रयोग नगर्न चेतावनी दिएको थियो । तर अफ्रीकी देशहरुमा अहिले त्यसको माग अत्याधिक भईरहेको छ । हिन्दी बीबीसीबाट
यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभयो त ?
के सूर्यको प्रकाशले कम हुन्छ कोरोनाको खतरा ?
अचानक गायब भईन् चीनकी ‘ब्याट वुम्यान’, कोरोनाबारे थाहा थियो सबै जानकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया