काठमाडौं । कोरोना भाइरसका कारण अहिले विश्व नै त्रसित छ । कोरोना भाइरसका कारण हाल सम्म विश्वमा २ लाख ४८ हजार ३ सय ६ जनाको मृत्यु भएको छ भने ३५ लाख ६६ हजार ८ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोना महामारीका कारण विश्वका अधिकांश देशहरुले आफ्ना हवाई सेवा बन्द गरेका छन् । तर अमेरिकाले हवाई सेवामा प्यासेन्जरहरुले र पाइलट क्रू मेम्बरका लागि नयाँ व्यवस्था ल्याएको छ ।
अमेरिकाको ठुला विमान कम्पनिहरुले विमानमा रहेका प्रत्यक प्यासेन्जरले पुरै फ्लाईट भरी मास्क लगाउनु पर्ने व्यवस्था ल्याएको हो । साथै, पाइलट क्रू मेम्बरलाई पनि सोहि व्यवस्था लागु हुनेछ । अमेरिकाले आज (सोमबार) बाट नै यो व्यवस्था लागु गर्ने बताएको छ ।

कोरोना भाइरसको रोकथामका लागि उक्त कदम चालिएको इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसियसन का प्रवक्ताले जानकारी दिए । कोरोना भाइरसका कारण विश्व भरका ९० प्रतिशत अन्तराष्ट्रिय उडानहरु प्रवाभित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया