अमेरिकी राष्ट्रपति ट्रम्पले भने – कोरोनाको भ्याक्सीन डिसेम्बरसम्ममा प्रयोगमा आउँछ

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड -१९’ का कारण विश्वदुनियाँ आक्रान्त छ ।

यसविरुद्धको भ्याक्सिन र औषधि नभएका कारण परिस्थिती झनै जटिल बन्दै गएको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार हुने बताएका छन्।

उनले अमेरिकी टेलिभिजन फक्स न्यूजसँगको अन्तर्वार्ताको क्रममा डिसेम्बरसम्ममा कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउने दावी गरेका हुन्।

भाइरसविरुद्धको भ्याक्सिनका विषयमा राखिएको प्रश्नको जवाफ दिँदै उनले भनेका छन्,ुमलाई पूरा विश्‍वास छ कि यसै वर्षको अन्‍त्यसम्ममा हामीले भ्याक्‍सिन पाउने छौं उनले थपे हाल कोरोनाभाइरस खोप विकास गर्न काम गरिरहेका धेरै कम्पनीहरु नजीक पुगेको छ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण रोक्न बनाइएको भ्याक्सिन मानवीय परीक्षण गरेको एक महिना भइसकेको छ। तर सफलता हासील भएको छैन । सुरुवाती परीक्षण सुरक्षित रहेपनि प्रयोगमा ल्याउन सम्भव भइसकेको छैन। मेडिकल रेगुलेटरहरुले उक्त भ्याक्‍सिन उत्पादन र प्रयोगका लागि अनुमति दिएका छैनन्।

विज्ञहरुले भने सन् २०२१ को बीचतिर मात्र खोप तयार हुने अनुमान गरेका छन्। तयार भएपछि पनि त्यसले काम गर्छ वा गर्दैन भन्ने कुरा निश्चित हुँदैन।
ट्रम्पले यो पनि भनेका छन् कि संयुक्त राज्य सरकारले आफ्नो पूर्ण शक्ति र सामर्थ्य औषधि खोज्नमा लगाएको छ । यो नयाँ कोरोनाभाइरस भएको कारण अविलम्ब भएको हो ।

बीबीसीका अनुसार हालसम्म मानिसको शरीरमा चार किसिमका कोरोना भाइरस देखिएका छन्। सामान्य रुघा खोकी लाग्दा जस्तो लक्षण देखिए पनि यस भाइरसको असर धेरै हुन्छ। चारमध्ये कुनै पनि कोरोना भाइरस संक्रमणविरुद्ध भ्याक्सिन बनेका छैनन्। तर डा एन्थोनी फौसीले अप्रिलको अन्तमा भनेका थिए कि यदि खोप चाँडै नै विकास गरियो भने, यो जनवरीमा छिट्टै नै वितरण गर्न सकिन्छ।

ट्रम्पले भने कोभिड १९ विरुद्धको भ्याक्सिन बन्ने दावी नै गरेका छन्।

उनले आउँदो सेप्टेम्बरदेखि अमेरिकाका स्कूल समेत सञ्चालनमा आउने बताए। नयाँ कोरोनाभाइरसको कारण अधिकांश व्यक्तिलाई हल्का वा मध्यम लक्षण देखिने हुन्छ। केहीको लागि, विशेष गरी उमेर ढल्केकाहरु र स्वास्थ्य अवस्था गम्भीर भएका व्यक्तिहरूका लागि यसले अधिक गम्भीर बिरामी वा मृत्यु निम्त्याउन सक्छ।

यस समाचारमा दिइएका लिंकमा क्लिक गरी अरु धेरै जानकारी दिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?