भारतमा एकैदिन थपिए २८ सय भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा चुनौतिको विषय बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ४८ हजार २८५ जनाको मृत्यु भएको छ भने ३५ लाख ६६ हजार २३० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ११ लाख ५४ हजार ३१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५० हजार ४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण १ हजार ३९१ जनाको मृत्यु भएको छ भने ४२ हजार ५३३ जनालाई संक्रमण भएको छ ।

भारतमा आज मात्रै २८ जना कोरोना संक्रमित थपिएका छन् । आईतवार मात्र भारतमा २ हजार ८०६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने आईतवार नै ६८ जनाको मृत्यु भएको छ ।

भारतमा एकैपटकमा यति धेरै संक्रमित थपिएका हुन् । दिन प्रतिदिन भारतमा कोरोनाको प्रकोप फैलिँदै गईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?