काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २८ हजार ४ सय ८९ पुगेको छ । गएको २४ घन्टाभित्र बेलायतको अस्पातालमा थप ३ सय ५८ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।
इंग्ल्याण्डमा ३ सय २७, वेल्समा १४, स्कटल्याण्डमा १२ जना र नर्दर्न आएरल्याण्डमा पाँच जनाको निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
तेस्तै गएको २४ घन्टामा थप ४ हजार ३ सय ३९ जनामा थप संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया