काठमाडौं – भेनेजुयलाको एक कारागारमा भएको झपडमा परि ४६ जनाको मृत्यु भएको छ ।
झडपमा थप ६० जना घाइते भएका छन् । भेनेजुयलाको पश्चिमी राज्य पोर्टुगुएसाको जेलमा यो घटना भएको थियो ।
अधिकारीवादी समुह र विपक्षी सांसदले यो घटनाको पुष्टि गर्दै गत शुक्रबारको मार्मीक घटनामा गम्भीर ढंगले छानबिन हुनुपर्ने माग अघि सारेका छन् ।
कारागार निरीक्षकले भनेका छन् ,” घटनामा ४६ जना कैदी मरेका छन् र स्थानीय अस्पतालको आपतकालीन विभागले घाइतेहरूको अवस्था देखेर विचलित भएका थिए ।”
भेनेजुयलाकी जेलमन्त्री आइरिस भरेलाले कैदीहरुले जेलबाट भाग्ने प्रयासपछि यो झडप भएको बताएकी छिन् ।
उनका अनुसार यो झडपको क्रममा जेलका निर्देशकलाई पनि गोली लागेको बिबिसीले जनाएको छ । विपक्षी दलका सांसद मारिया बियट्रिज मार्टिनेजले कैदीहरुको परिवारलाई जेलमा भेट गर्न रोक लगाइएसँगै यो झडप भएको हो ।
भेनेजुयलाले कोरोना भाइरस कोभिड १९ नियन्त्रणको लागि कैदीलाई परिवारसँग भेट्न रोक लगाएको अलजजिराले लेखेको छ । विपक्षी नेशनल एसेम्ब्ली सदस्य मारिया बिट्रियाज मार्टिनेजले ट्वीट गर्दै उक्त घटनालाई नरसंहार भनेर वर्णन गरेकी छिन् ।
मृतकको शव सामूहिक चिहानमा गाडिनेछ। उनीहरूले शव फिर्ता गराउन आफन्तले माग गरिरहेका थिए ।
यसैबीच संयुक्त राष्ट्रसंघले यो घटनाको अनुसन्धानको माग गरेको छ । राष्ट्रसंघले जेलमा अत्याधिक भिड कम गर्न र आधारभूत अधिकारको प्रत्याभूति दिलाउन आग्रह गरेको छ । भेनेजुयलामा क्षमताभन्दा धेरै कैदी रहेका छन् ।
गत वर्ष पनि पोर्टुगुएसाकै अर्को जेलमा पनि झडप हुँदा २९ कैदीको मृत्यु भएको थियो ।
कोरोना भाइरस महामारीको साथसाथै भेनेजुएलामा राजनीतिक संकट चुलिएको छ । दुई प्रतिद्वन्द्वी राजनीतिज्ञहरूले देशको वैधानिक नेता भएको दाबी गरेको छ।
राष्ट्रपति निकोलस मादुरोको नेतृत्वमा अर्थव्यवस्था पतन भएको छ र आधारभूत वस्तुहरूको अभाव व्यापक रूपमा बढेको छ। लाखौं मानिसहरू छिमेकी देशहरूमा भागेका छन्।
एकसमय तेलमा निकै धनी भएको देश भेनेजुएला गहिरो राजनीतिक र आर्थिक संकटमा फस्दै गएको त्यहाँका सञ्चारसंस्थाले समिक्षा गरेका छन् । त्यहाँका ५०० जेलमा एक लाख १० हजार बढी मानिस कैद भुक्तान गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया