काठमाडौं । आइतवार बिहान उत्तर कोरिया र दक्षिण कोरियाको सीमानामा गोली हानाहान भएको छ ।
प्रारम्भमा उत्तर कोरियाले गोली चलाएको दक्षिण कोरियाको दाबी छ । दक्षिण कोरियाका अनुसार त्यहाँको स्थानीय समय अनुसार बिहान पौने ८ बजे उत्तर कोरियाले आफ्नो सैन्य क्याम्पलाई लक्षित गर्दै गोली चलाएको थियो । त्यसपछि दुवैपक्षबीच गोली हानाहान भएको थियो । उक्त घटनाबाट कोहि पनि घाइते नभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
स्वास्थ्यमा समस्या भइ उत्तर कोरियाली नेता किम जोङ उन झन्डै तीन सातापछि शनिवार मात्र सार्वजनिक गएका छन् । त्यसैको भोलिपल्ट उत्तर कोरियाले खुसियालीमा गोली वर्षाएको अुनमान गरिएको छ ।
पछिल्लो समय दुबै देशको सम्बन्ध केही सुधारिएको थियो । भने केही समय अघि दुबै देशका राष्ट्रप्रमुखले भेटवार्तासमेत गरेका थिए ।
यो पनि
उत्तर कोरियाका तानाशाह किम जोङ उनको बारेमा सत्यता यस्तो (भिडियोसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया