काठमाडौं । कारोना भाइरसको महामारीले अहिले विश्व त्रस्त बनेको छ । विश्वमा यो खबर तयार पार्दासम्म कोरोना भाइरसको महामारीबाट २ लाख ४४ हजार ७७८ जनाको मृत्यु भएको छ भने ३४ लाख ८४ हजार १७६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ११ लाख २१ हजार ५२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५० हजार ८५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच पछिल्लो समय कोरोनाको टार्गेट बन्दै आएको मेक्सिकोमा अहिलेसम्म २ हजार ६१ जनाको मृत्यु भएको छ भने २२ हजार ८२ जनालाई संक्रमण भएको छ ।
मेक्सिकोमा आज मात्रै ८९ जनाको मृत्यु भएको छ भने आजै त्यहाँ १ हजार ३४९ जना नयाँ संक्रमित थपिएका छन् । मेक्सिकोमा शनिवार १ हजार ५१५ जना नयाँ संक्रमित थपिएका छन् ।
यो मेक्सिकोमा एकैदिन थपिएका संक्रमितहरुको तुलनामा अहिलेसम्मकै धेरै हो । शनिवार नै मेक्सिकोमा ११३ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया