काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण हुने क्रम अझै रोकिएको छैन । चीनमा भाइरसको संक्रमण नभएको भन्दै अवस्था सामान्य भएको बताइएपनि संक्रमणको छिटफुट केस भने बाहिरिएका छन् ।
शुक्रबार चीनमा कोरोनाा संक्रमणको १२ नयाँ बिरामी फेला परेको वर्ल्डोमिटरले जनाएको छ ।
हाल चीनमा ५९९ जना संक्रमित रहेको र त्यसमा ३८ जना गम्भीर रहेको जनाइएको छ । हालसम्म चीनमा ८७ हजार जनामा कोरोनाको संक्रमण देखिएकोमा ७७ हजार निको भएका छन् । यस्तै ४ हजार ६३३ को मृत्यु भएको छ। चीनको उहानबाटै कोरोनाको संक्रमण फैलिएको विश्वास गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया