भारतमा एकैदिन थपिए १८० जना कोरोना संक्रमित

काठमाडौ । भारतमा एकैदिन शुक्रबार कोरोनाका १८० बिरामी थपिएका छन् । योसहित भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार ४३ जना पुगेको छ । हालसम्म भारतमा कोरोनाबाट ११ सय ५४ जनाको मृत्यु हुँदा बितको २४ घण्टामा भने कसैको मृत्यु भएको छैन ।
हालसम्म भारतमा ९ हजार ६८ जना निको हुँदा अहिले पनि साढे २५ हजारको उपचार भइरहेको छ । जसमा ६५१ जनाको अवस्था गम्भीर छ ।

त्यस्तै एसियाली मुलुकहरुमध्ये सबैभन्दा बढी कोरोनाको संक्रमण टर्कीमा देखिएको छ । टर्कीमा हालसम्म १ लाख २२ हजार जनामा कोरोनाको संक्रमण देखिँदा ३ हजार २५८ जनाको मृत्यु भएको छ ।

यस्तै आजमात्रै २ हजार १८८ जनामा नयाँ संक्रमण देखिँदा थप ८४ जनाको मृत्यु पनि भएको छ ।

टर्कीपछि इरानमा ६ हजार ९१ जनाको मृत्यु भएको छ ।

शुक्रबार एकैदिन कोरोनाभाइरसबाट ३६ सय बढीको ज्यान गएको छ । वल्डोमिटरले जनाएअनुसार बितेको २४ घण्टामा ३ हजार ६१६ जनाले ज्यान गुमाएका हुन् ।

यस्तै कुल संक्रमितको संख्या ३३ लाख ६३ हजार ९०३ पुगेको छ भने कुल मृतकको संख्या २ लाख ३७ हजार नाघेको छ ।

भाइरसबाट सबैभन्दा बढी अमेरिकामा ६४ हजार बढीको मृत्यु भएको छ ।

त्यस्तै इटालीमा कोरोनाको कारण हालसम्म २८ हजार २ सय ३६ जनाको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म २ लाख ७ हजार ४ सय २८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?