काठमाडौं । छिमेकी राष्ट्र भारतको राजस्थान राज्यका सांसदहरुले लकडाउनको बेला पनि मदिरा पसल खोल्नुपर्ने माग गरेका छन् ।त्यहाँका सत्तारुढ दल बीजेपी, प्रतिपक्षी कांग्रेस आई र कम्युनिस्ट पार्टीका सांसदहरुले मदिरा पसल खोल्नुपर्ने माग गर्दै मुख्यमन्त्रीलाई पत्र लेखी त्यस्तो माग गरेका हुन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भारतमा पनि सरकारले लकडाउन गरेको छ । तर उक्त अवधीमा पनि दैनिक उपभोग्य वस्तु साथै मदिराको समेत कारोवार भइरहेकाले खोल्न पाउनुपर्ने माग सांसदहरुले राखेका हुन् ।
राजस्थान सरकारका पूर्वमन्त्री एवं सांगोदबाट निर्वाचित कांग्रेस सांसद भरत सिंह, भारतीय जनता पार्टीका पूर्वमन्त्री भवानी सिंह राजावत र कम्युनिस्ट पार्टीका सांसद बलवंत पुनियाले प्रदेश सरकारलाई पत्र लेख्दै तत्काल मदिरा बिक्रि शुरु गराउन माग गरेका हुन् ।
यस्तो छ पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया