युएइमा कोरोनाको कारण १११ जनाको मृत्यु, यस्तो छ अन्य खाडी देशको अवस्था

काठमाडौं । हालसम्म युनाइटेड अरब इमिरेट्स युएइमा कोरोनाको कारण हालसम्म १११ जना मानिसको ज्यान गइसकेको छ, भने १३ हजार ३ हजार ३८ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।

त्यस्तै खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म १४ हजार ९६ जना मानिसमा कोरोना संक्रमण देखिएको र १२ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र ६ सय ८७ जनामा थप कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै अर्को खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ३० जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ ४ हजार ३ सय ७७ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये १ हजार ६०२ जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ ।

त्यस्तै अर्को खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण १६२ जना मानिसको ज्यान गइसकेको छ । भने २२ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ३४ हजार ७ सय २ जना मानिसको मृत्यु भइसकेको छ । भने ३३ लाख २७ हजार २ सय ३९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १० लाख ५२ हजार ५ सय ६४ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?