काठमाडौं । रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस संक्रमितहरु थपिएका छन् । यससँगै शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ ।
रसियामा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृत्यु भएको छ । विश्वभरी ३३ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् भने २ लाख ३४ हजार भन्दाको मृत्यु भएको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया