आतंकबादीलाई कारवाही गर्न सक्दैनौँ : पाकिस्तान

काठमाडौं । इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान सरकारले हालसालै आफ्नो निगरानी सूचीबाट संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पहिचान गरेको आतंकबादीहरुसहित लगभग ४ हजार आतंकबादीको नामहरु हटाएको छ ।

पाकिस्तान सरकारलाई झन्डै आधा आतंकबादीको नाम हटाएर उनीहरूको सम्पत्ती कब्जा हुनबाट बचाउन कोशिस गरिरहेको आरोप लागेको छ। पाकिस्तान सरकारको सूची ७२०० जना आतंकबादीहरु नाम थियो ।

यता सुरक्षा परिषदको अनुगमन समितिको भ्रमणरत टोलीलाई पाकिस्तानले भनेको छ कि, संयुक्त राष्ट्र संघको प्यानलले अपर्याप्त जानकारी दिएकाले आफ्नो निगरानी सूचीमा सूचीकृत धेरै व्यक्तिविरूद्ध कारवाही गर्न पाकिस्तान असक्षम छ। सुरक्षा परिषदको को १२६७ जनाको सूचीमा १३० जना पाकिस्तानी आतंककारीहरूको नाम छ।

यद्यपि पाकिस्तानले सुचीमा भएको १९ जनालाई मात्र आतंककारी रहेको स्वीकार गरेको छ जसमा लश्कर-ए-तैयबा नेता हाफिज सईद पनि छन्। यसअघि पाकिस्तानले सन् २०१३ देखि नै संयुक्त राष्ट्रसंघको रेकर्डमा उल्लेख गरिएको आन्तकबादी समूह लश्कर-ए-झांगवीका प्रमुख परिचालक कमाण्डर मतिउर रहमान लगायत छ जना आतंककारीहरूको नाम हटाउन अनुरोध गरेको थियो।

संयुक्त राष्ट्रसंघको अनुगमन टोली गत महिना नै पाकिस्तान आएको थियो । सरकारले सो टोलीलाई संयुक्त राष्ट्रले आतंकवादीहरुको जन्म मिति, राष्ट्रियता, राष्ट्रिय परिचयपत्र नम्बर, राहदानी नम्बर वा अन्य कुनै ठेगाना उपलब्ध नगराएकोले आतंकबादीहरुको नाम सूचीबाट हटाईएको बताएको छ ।

पाकिस्तानले यो बहानामा ती आतंकबादीहरुको नाम घेरलु सूचीबाट मात्र नभई संयुक्त राष्ट्रसंघको सूचीबाट पनि हटाउन खोजेको देखिन्छ । पाकिस्तानले आतंकबादीहरुलाई कारबाहि गर्न पटक पटक प्रतिबध्ता जनाएपनि कार्यान्वयनमा भने खासै ध्यान दिने नगरेको आरोप लाग्दै आएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?